
कमिशन कटौती गरेको विरोधमा पेट्रोल पम्पहरुले इन्धन खरिदमा लगाए रोक ; बजारमा इन्धन अभाव
पेट्रोल पम्प व्यवसायीहरुले इन्धन खरिदमा रोक लगाएका छन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अनुसार पेट्रोल पम्प व्यवसायीहरुले पाउने गरेको कमिशन नेपाल आयल निगमले कटौती गर्ने निर्णका बिरुद्दमा इन्धन खरिदमा रोक लगायको हो ।
बिहीबार बसेको आयल निगम सञ्चालक समिती बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिशन कटौती गर्ने निर्णय गरेको थियो ।
व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् । प्रवक्ता उपाध्यायले भने ‘व्यवसायीको बिरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’
इन्धन खरिद रोक्दा अब बजारमा इन्धन अभाव हुने पक्का भएको छ ।