श्रावण २२, २०८२
हमालको मृत्यु प्रकरणमा सुब्बाकुना प्रहरी चौकीका ईञ्चार्ज धामी विरुद्ध जाहेरी

हमालको मृत्यु प्रकरणमा सुब्बाकुना प्रहरी चौकीका ईञ्चार्ज धामी विरुद्ध जाहेरी

कालीकोटका कृष्ण हमालको मृत्यु प्रकरणमा उनका बुवाले वीरेन्द्रनगर–११ मा रहेको सुब्बाकुना प्रहरी चौकीका ईञ्चार्ज शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिएका छन्।

हमालका बुवा हिराचन्द्र हमालले सहायक प्रहरी निरीक्षक धामीविरुद्ध दिएको जाहेरी दर्ता भएसँगै धामीलाई प्निहरि नियन्त्रणमा लिईएको छ ।

हमाल शुक्रबार राति भे १ क ९२२ नम्बरको मिनी ट्रकमा नेपालगञ्जबाट आफ्नो पसलको सामान ल्याएर  करिब साढे ११ बजेतिर वीरेन्द्रनगरको सुब्बाकुना प्रहरी चौकी पुगेका थिय ।

प्रहरीचौकीले ट्रक र कागजात चेकजाँच गर्नेक्रममा ट्रकका चालक र हमालमाथि असई धामीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन्।

पीडित पक्षका अनुसार प्रहरीले हमालले मादक पदार्थ सेवन गरेको र ट्रकको कागजात नभएको भन्दै ट्रकलाई शनिबार बिहानसम्म सुब्बाकुनामै रोकिदिएको थियो। ट्रक रोकिएपछि उनीहरु सो रात त्यही ट्रकमा सुतेका थिए । 


भोलिपल्ट शनिबार बिहान प्रहरीले पुर्जी काटेर ट्रक छोडेको र बिरेन्द्रनगर बजार आउनेक्रममा बीच बाटोमा हामलले बोल्न छोडेपछि उनलाई उपचारका लागि सुर्खेत अस्पताल प्रालि पु¥याईएको थियो। अस्पताल प्रशासनले शनिबार उनलाई मृत घोषणा गरेको थियो।

हमालको शव पोष्टमार्टमको प्रक्रियामा रहेको जिल्ला प्रहरी कर्यालय सुर्खेतले जनाएको छ।


यो घटनाको छानविनका लागि शनिबार सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरियको छ। समितिले आइतबारदेखि लागु हुनेगरी सात दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ।