सुन आयातमा राष्ट्र बैंकले गर्यो कडाई
नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको छ।
राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो।
पछिल्लो समय सुनको आयात बढ्दै गएको र मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।
यसअघि केन्द्रीय बैंकले चाँदीको आयातमा पनि कडाई गरेको थियो।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९