भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा युट्युबर पक्राउ
भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा पक्राउ परेका छन्।
चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताएका छन् ।
रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।
नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा फरार छिन् । उनि बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ ।
बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए ।