आश्विन ५, २०८२
राष्ट्र बैंकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको एक रुपैयाँका नयाँ सिक्का बुधबारदेखि बजारमा ल्याउँदै

राष्ट्र बैंकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको एक रुपैयाँका नयाँ सिक्का बुधबारदेखि बजारमा ल्याउँदै

राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ । ​

मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का भोलिदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ।

सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् । त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ ।

sikka 1 rs lunching