पुस ९, २०८१
औषधिमा गरिएको मूल्यवृद्धिमा छानविन गरिने

औषधिमा गरिएको मूल्यवृद्धिमा छानविन गरिने

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताउनुभएको हो । उहाँले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिनुभएको हो । औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो । “कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ”, उहाँले भन्नुभयो, “औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहनुभएको छ । दुई÷चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।” उहाँले अहिले मूल्य नियन्त्रण गर्नुका साथैै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताउनुभयो । सिटामोल भारतमा दुई रुपैयाँ भारतीयमा र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उहाँले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताउनुभयो । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।