झापा गोल्डकप : झापा–११ विजयी
झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा¬–११ फुटबल क्लब विजयी भएको हो । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको थियो|
झापा¬–११ ले खेलमा सुरुआती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डी–एरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरेको हो |
५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिएका हुन् भने त्यसैगरी ७७ औँ मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको ह्यान्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेता पनि तर ६० औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पन्च गर्दै बचाएका हुन् |
योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टरफाइनलको समीकरणका खेल पूरा भएको छ । जीतसँगै झापाले शनिबार सङ्कटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिएका छन |