पुस ८, २०८१
‘नेपालपे क्यूआर’ औपचारिक रुपमा सुरु

‘नेपालपे क्यूआर’ औपचारिक रुपमा सुरु

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यूआरको औपचारिक सुरुवात भएको छ ।

एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो ।

योसँगै अब नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने व्यवस्था गरिएको छ ।

 

हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।