माघ २१, २०८२
गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सदरमुकाम तम्घासबाट सिमलटार तर्फ जाँदै गररेको   लु१२प ३९०९  मोटरसाईकल उक्त स्थानमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर  कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ |

 यस्तै  सोही वडा उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् ।  दुबै जनालाई  उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा कुँवरलाई  डाक्टरले मृतक  घोषणा गरेको र  बिकको उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घाइतेको अवस्था मध्यम खालको भएको उनको भनाइ छ ।  दुर्घटनाको कारण खुल्न बाँकी रहेको जानकारी आएको छ |