मिर्गौला प्रत्यारोपण, डायलाइसिस, क्यान्सरका र मेरुदण्ड पक्षघातका बिरामीले मासिक औषधी खर्च पाउने
सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार वापत मासिक पाँच हजार उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ गतको मन्त्रिस्तर निर्णयले सो रकम उपलब्ध गराउने कार्यविधि बनाएसँगै मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई निर्णय कार्यान्वयन प्रक्रिया अगाडी बढाउन पत्र लेखिसकेको छ ।
कार्यविधि तयार भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले औषधी उपचार वापत मासिक पाँच हजार पाउने भएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत यी बिरामीलाई रकम दिने समेत जनाएको छ ।
यो कार्यक्रम वापतको रकम पाउनका लागि परिचय खुल्ने परिचयपत्रका साथै डाक्टरको सिफारिससहित वडा कार्यालयमा निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिका अनुसार बिरामीहरुले त्रैमासिक रुपमा उपचार खर्च पाउनेछन् ।