
तेजाव आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने मन्त्रिपरिषद्काे निर्णय
सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकाअनुसार तत्कालिन अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।