2.jpg)
नेप्से ३० अंकले सुधार
यो साताको चौथो दिन बुधबार नेप्सेमा ३० अंकको सुधार आएको छ भने ३०.२४ अंकले बढ्दै आज नेप्से सूचक २४ सय १५.२४ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३४ अंक माथिले घटेको थियो । तर, आज नेप्सेमा ३० अंक माथिको सुधार आउँदा समेत कारोबार भने खासै हुन सकेको छैन ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक अधिकतम २.१४ प्रतिशतले बढेको बजारमा सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । यस दिन अन्य समूहको उपसूचक २.२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको १.५८ प्रतिशतले र विकास बैंक समूहको १.५३ प्रतिशतले बढेको जानकारी आएको छ |