पुस ८, २०८१
आज राती १२ बजेबाट मौन अवधि सुरु, प्रचार-प्रसार गर्न नपाइने

आज राती १२ बजेबाट मौन अवधि सुरु, प्रचार-प्रसार गर्न नपाइने

बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रचारप्रसारकोआज अन्तिम दिन । 

निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन सुरु हुनु भन्दा अघिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । आयोगका अनुसार मौन अवधिभर चुनावी प्रसारप्रचार गर्न पाईंदैन ।

मौन अवधिमा उम्मेद्वार तथा राजनीतिक दलले भोट माग्नेलगायतका कार्य नगर्न आयोगले निर्देशन दिइसकेको छ । यस्तै, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले मौन अवधिभर सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएका छन् । उनले उम्मेद्वारका फ्यानकाले बुस्ट गरेका पोस्ट समेत हटाउन आग्रह गरेका छन् ।

मौन अवधि पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेद्वारलगायत सरोकारवाला सबैलाई आयोगले आग्रह गरेको छ ।

मौन अवधिमा सामाजिक सञ्जालबाट चुनावी प्रसारप्रचार गरेको पाइएमा आयोगले हटाउने बताएको छ । आयोगले यसको निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ ।

स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते शुक्रबार बिहान ७ बजेबाट सुरु हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने जनाएको छ ।