स्थानीय तह निर्वाचनका दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह
बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हो ।
सरकारले भने बैशाख ३० गते शुक्रबार मतदानको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । बैशाख २५ गते बसेको मन्त्रिपरिषद बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजिनक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।