पुस ८, २०८१
निर्वाचनका सबै तयारी पूरा, निर्धक्कसाथ मतदानमा सहभागी हुन आयोगको आग्रह

निर्वाचनका सबै तयारी पूरा, निर्धक्कसाथ मतदानमा सहभागी हुन आयोगको आग्रह

स्थानीय तह निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दियको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मौन समय सुरु हुनु पुर्व आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षले अहम भूमिका निवाह गर्न आव्हान गरे ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उनले आग्रह गरे ।

मतदान अवधिभर तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएकाले निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदाताहरुलाई अपिल गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले मतदाताहरुलाई आग्रह गरेको छ ।