पुस ९, २०८१
निर्वाचन विशेष : कर्णालीका प्रत्येक जिल्लामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

निर्वाचन विशेष : कर्णालीका प्रत्येक जिल्लामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

कर्णाली प्रदेशमा निर्वाचनको तयारी पुरा भएको छ ।

१० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम पनि अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसे जानकारी दिय ।

भौगोलिक विकटताका कारण जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने जिल्लाहरुमा दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ गैसकेको छ । छिटपुट रहेका स्थानमा बुधबारसम्म मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।