रूकुमपूर्वमा एमाले कार्यकर्ताको हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ ।
वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए ।
घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमाया हराइरहेकी थियि । खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि उनको शव भेटिएको थियो ।
रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।
सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।
मृतकको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले घटनाको छानविन भैरहेको जानकारी दियको छ ।