आज र भोलि मतदानस्थलमै मतदाता शिक्षा दिदै : निर्वाचन आयोग
निर्वाचन आयोगले आज र भाेलि स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने भएकाे छ ।
आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी निर्देशन दिएको थियाे ।
सोहि अनुरूप वैशाख २८ र २९ गते मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरू वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम बाट मतदान गर्ने सही प्रकिया संचालन गरि शिक्षा दिने निर्वाचन आयोगले जानकारी दियको छ ।