पुस ९, २०८१
प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस

प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस

प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका छन | 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरेका छन |

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरेकी छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गरेका हुन् |