पुस ९, २०८१
आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो |

 २०७९ को मिति घोषणा भएपश्चात् गत माघ २५ गतेदेखि नामावली सङ्कलन तथा अद्यावधिक स्थगित भएको थियो |

नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन |