कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार विनियोजित
आज प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट प्रस्तुत गरेका छन |
त्यस्तै गरि पुजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ भने यस्तै स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको विष्टले जानकारी गराएका छन |