पुस ८, २०८१

निर्वाचन आयोगले प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा स्थगन गर्न आदेश दिएको छ ।

डडेल्धुरा यात्राका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार, हामीले बुझ्दा उहाँ सरकारी कामका लागि नभई निर्वाचन प्रचारप्रसारकै लागि जान खोजेको देखियाकाले अनुमति दिन नसक्ने भन्ने निर्णय भएको सुचित गरियाको हो  ।

आयोगले यसअघि को निर्णय अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो ।