पुस ८, २०८१
अमेरिकामा आज मध्यावधि संसदीय निर्वाचन

अमेरिकामा आज मध्यावधि संसदीय निर्वाचन

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै।  

बाइडेन २०२० मा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए। राष्ट्रपतीय निर्वाचनको ठिक दुई वर्षपछि र अर्को राष्ट्रपतीय निर्वाचनको ठिक दुई वर्षअघि अमेरिकामा मध्यावधि निर्वाचन हुने गरेको छ।

यो निर्वाचनले सरकारका कामप्रति नागरिक कत्तिको सन्तुष्ट छन् वा छैनन् भन्ने कुरा व्यक्त गर्दछ। 

यो निर्वाचनमा हाउस अफ रिप्रजेन्टेटिभका सबै ४ सय ३५ सिट र सिनेटका ३४ सिटमा प्रतिस्पर्धा हुने गरेको छ। 

अमेरिकामा नोभेम्बरको पहिलो मंगलबार मध्यावधि निर्वाचन हुने प्रचलन छ। पहिलो मंगलबार पहिलो तारिखमै परेमा भने दोस्रो मंगलबार हुने प्रचलनअनुसार आज निर्वाचन हुन लागेको हो।