
१५ हजार मतपत्रसहित भारतिय नागरिक पक्राउ
भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।
भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ ।
उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।
मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
मंसिर १, २०७९
आज रातिदेखि देशभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
मंसिर १, २०७९
राष्ट्रहितका लागि नागरिकता विधेयक रोकियको हो :राष्ट्रपति कार्यालय
कार्तिक ३०, २०७९