
सुर्खेतमा नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ !
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको गोप्य सूचनाका आधारमा गरिएको अपरेसनमा १३ लाख रुपैयाँभन्दा बढीको नक्कली नोट ३० किलोग्रामभन्दा धेरै अफिमजस्तो देखिने पदार्थ र नोट छपाइमा प्रयोग हुने उपकरणहरू बरामद गरिएको छ।
प्रहरीका अनुसार, घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूको साथबाट क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायत उपकरणहरू समेत बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले यस घटनालाई सङ्गठित अपराधको उदाहरणीय केस भएको बताए । मिडियाजस्तो सम्मानित क्षेत्रको आडमा यस्तो अवैध कारोबार हुनु निकै गम्भीर विषय हो, उनले भने, हामी अनुसन्धानको गहिराइमा पुगिरहेका छौँ ।