पुस ९, २०८१
देश विकासका लागि  भ्रष्टाचार रोक्नुपर्ने ः डा सिके राउत

देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्ने ः डा सिके राउत

सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उहाँले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताउनुभयो । कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।