माघ २१, २०८२
गृहमन्त्री खाँणद्वारा राष्ट्रिय भूमि आयोगको प्रगतिबारे जानकारी

गृहमन्त्री खाँणद्वारा राष्ट्रिय भूमि आयोगको प्रगतिबारे जानकारी

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको मन्त्री खाँणलाई जानकारी दिनुभयो । अध्यक्ष निरौलाले उक्त तथ्याङ्क प्राप्त भएमा अहिलेसम्म के कति काम भएको छ, अब गर्नुपर्ने काम र कति समय लाग्ने भन्नेबारे स्पष्ट हुने मन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष निरौलाले अहिलेसम्म ११ लाख फाराम भरिएकोमा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराउनु भयो । कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गाधनी पुर्जा बाँड्ने गरी आफूहरूले काम गरिरहेको उहाँले जानकारी दिनु भयो । मन्त्री खाँणले “गृहमन्त्रालयबाट पूर्णरूपमा साथ र सहयोग रहने भन्दै नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभयो ।