
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे विराेधमा विप्लवले ३० गते नेपाल बन्द गर्ने
सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको विरोधमा सो पार्टीले बिहीबार विज्ञप्ति जारी गरेर कात्तिक २५ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । महासचिव विप्लवले २५ दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन: दिउँसो १ बजेदेखि २ बजे १ घण्टा कातिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुसल कार्यक्रमहरू घोषणा गरेका हुन् ।
आफ्नो पार्टी जनसरोकारको अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन नसक्ने विप्लवले बताएका छन्।
‘तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’