श्रावण २६, २०८२
बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा बार (रोक) लगाउने

बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा बार (रोक) लगाउने

काठमाडौं/२७ कात्तिक– प्रधानान्यायाधी चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

बारले आइतबार पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए ।
आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनको भनाइ छ । उनले आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन् । हिजोको धर्नामा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएको भन्दै नेपाल बारले हिजो नै शुक्रबार बन्दी प्रत्यक्षीकरणका रिटमा समेत बहस नगर्ने निर्णय गरेको थियो।

बिहीबार प्रहरीको हस्तक्षेपपछि शुक्रबार बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिई प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाएका थिए । तर, प्रधानन्यायाधी जबराले वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका थिए ।