श्रावण २६, २०८२
प्रचण्डको स्वास्थ्यमा समस्या देखियो - सबै भेटघाट बन्द

प्रचण्डको स्वास्थ्यमा समस्या देखियो - सबै भेटघाट बन्द

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ ।

प्रचण्ड निकट सचिवालयका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि अहिले चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। साथै, अहिले सबै तरहका राजनीतिक भेटघाट बन्द गरिएको सचिवालयको भनाइ छ।

प्रचण्डले मंगलबारदेखि राजनीतिक भेटघाट पूर्णरुपमा बन्द गरेको बताइएको छ ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि आज महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको सचिवालयले जानकारी दिएको छ।शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने कार्यतालिका थियो ।