पुस १०, २०८१
काँग्रेस अधिवेशन: सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा सस्थापन पक्ष् हाबी

काँग्रेस अधिवेशन: सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा सस्थापन पक्ष् हाबी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेतका नाै वटै पालिकाको नतिजा आएको छ ।बुधबारदेखि सुरु भएको पालिका अधिवेशनको बिहानसम्म सबै पालिकाको नतिजा आएको हो। नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत सुर्खेतका नौवटा पालिकामध्ये ८ वटामा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा अर्थात् महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नेतृत्वमा विजयी भएको हो ।भने रामचन्द्र पौडेल अर्थात् हृदयराम थानीको समूहले एक पालिकाको नतिजा मात्र हात पारेकाे छ ।। 

वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा देउवा समूहबाट नेतृत्व चयन भएको छ। चौकुने गाउँपालिकामा पौडेल समूहबाट नेतृत्व चयन भएको छ ।
वीरेन्द्रनगरको सभापतिमा उपेन्द्र खड्का, भेरीगंगाको सभापतिमा रामबहादुर सिंह, गुर्भाकोटको सभापतिमा हस्त पुन, लेकवेशीको सभापतिमा उमेश पौडेल, सिम्ताको सभापतिमा वीरेन्द्र रावत, चिङ्गाडको सभापतिमा डोरप्रसाद पौडेल, बराहतालको सभापतिमा भीम भण्डारी र पञ्चपुरीको सभापतिमा कृपाराम थापा निर्वाचित भएका छन्।उनीहरु सबै देउवा समूहबाट निर्वाचित भएका हुन्।
चौकुने गाउँपालिकाको सभापतिमा पौडेल समूहबाट नरबहादुर बान्तोला चयन

वीरेन्द्रनगर नगरपालिकामा भएकाे मतदानमा खड्का पक्षबाट उपेन्द्र खड्का बिजयी भएका छन् । उनले १९९ मत ल्याएका छन् । पराजित उम्मेदवार नारायण काेइरालाले १४७ मत ल्याएका छन् । उनले थानि समूहका नारायण काेइरालालाई हराउँदै सभापतिमा विजयी भएका हुन् । उपसभापतिमा बसन्ति थापा, मान बहादुर चन्द, सचिवमा रमेश सापकाेटा र मिलन श्रेष्ठ , सहसचिवमा धन बहादुर मल्ल र सुरेन्द्र ढकाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।