माघ २०, २०८२
कांग्रेस सभापतिमा विमलेन्द्र निधिको  उम्मेदवारी घाेषणा

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घाेषणा

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले बिहीबार पत्रकार सम्मेलन गरी उम्मेदवार घाेषणा गरेका हुन् । उनले आफू सभापति भए कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण प्रकृयालाई सहजीकण गर्ने बताए ।

निधिले हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने किसान र श्रमिक विभेदमा परेका र सिमान्तकृत नागरिकको दुःखको साथी कांग्रेसलाई बनाउने बताए ।