माघ २०, २०८२
एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन यस्तो छ निर्वाचन तालिका

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन यस्तो छ निर्वाचन तालिका

चितवन । नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने जनाएको छ । आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।

सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।