सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन पक्ष विजयी
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी भएका छन् ।उप-सभापतिमा विष्णु खड्का १२०३, टोपबहादुर रावत ११६०, सचिवमा देवकुमार सुवेदी १२६७, बालदिप कँडेल ११९२ र उप-सचिवमा हरि विष्ट ११८० र प्रकाश डिसी ११९६ मत ल्याएर विजयी भएका छन् ।
सभापतिमा मा भने खड्क पोखरेल पहिले नै निर्विरोध चयन भएका छन्। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । उक्त कार्यतालिका प्रभावित नभए मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ ।