माघ २०, २०८२
प्रदेश सरकार सामाजिक रुपान्तरणको सवालमा अब्बल : मुख्यमन्त्री लालबाबु राउत

प्रदेश सरकार सामाजिक रुपान्तरणको सवालमा अब्बल : मुख्यमन्त्री लालबाबु राउत

नेपाली सेनाको स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुसँग आज मुख्यमन्त्री निवासमा अन्तरक्रिया गर्दै उहाँले अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । सामाजिक रुपान्तरणका लागि प्रदेशले चालेका कदम अन्य प्रदेशको तुलनामा अब्बल रहेको मुख्यमन्त्री राउतको दाबी थियो । सामाजिक रुपान्तरणका लागि चालिएका कदममा बेटी पढाऊ बेटी बचाऊ, स्वच्छता अभियान, दलित सशक्तीकरण ऐन, जनसङ्ख्याको अनुपातमा सरकारी निकायमा आरक्षणको व्यवस्थालगायत छन् । कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासाको मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जवाफ दिनुभएको थियो ।