पुस ९, २०८१
कक्षा १२ को नतिजा अनिश्चित

कक्षा १२ को नतिजा अनिश्चित

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नतिजा प्रकाशनमा समय लाग्ने बताएको छ ।

चाडवाड र सबै जिल्लाबाट उत्तरपुस्तिका आई नपुगेकाले नतिजा प्रकाशनमा समय लाग्ने बोर्डको भनाइ छ । गत भदौ ३० गते सञ्चालित भएको कक्षा १२ परीक्षाको उत्तरपुस्तिका सबै जिल्लाबाट आई नसकेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

चाडवाडका कारण शिक्षकहरु घर जानु भएको बताउँदै, उनले भने, “२५ लाख उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने भएकाले कक्षा १२ को नतिजा कहिले आउँछ यकिन गरेर भन्न सकिँदैन ।”

परीक्षणको काम भइरहेको छ, सबै जिल्लाबाट उत्तरपुस्तिका आई नपुगेकाले नतिजा प्रकाशनमा समय लाग्ने उनको भनाई छ । बोर्डमा आइपुगेका उत्तरपुस्तिकाको परीक्षण र इन्ट्रीको काम भने भइरहेको उनले जानकारी दिए ।

गत भदौ ३० गते देशभर चार हजार तीन सय १० विद्यालयमा होम सेन्टर मार्फत पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।