सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व चयन
सुर्खेत । सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व चयन भएकाे छ । आज आयाेजित ११ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
वर्ष २०२२ का लागि अध्यक्षमा मनिषा काैशलकाे नेतृत्वमा कार्यसमिति चयन भएकाे हाे ।
यस्तै, कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल उपाध्यक्षमा सगुन पाेख्रेल, प्रमिला थापा, बिन्दु पुरी र यशाेदा खत्री चयन भएका हुन् ।
सुर्खेत महिला जेसीज की सस्थापक महासचिव ज्याेती कार्की पाैडेलकाे प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएकाे सुर्खेत महिला जेसिज वर्ष २०२१ को अध्यक्ष लक्ष्मी गुरुङ ले जानकारी दिनु भयो |