माघ २१, २०८२
राप्रपा महाधिवेशन:  अध्यक्षमा लिङ्देन विजयी

राप्रपा महाधिवेशन: अध्यक्षमा लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीभित्र गुटको अन्त्य भएको दाबी समेत गरे। लिङ्देनले पार्टीभित्रका पाका र अनुभवी नेताहरूको साथमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिने दाबी गरेका छन्।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको  र यसलाई आफूले आत्मसाथ गर्ने लिङ्देनले दाबी गरे।