काँग्रेस प्रदेश अधिवेशन : कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित
नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। प्रदेशको पहिलो महाधिवेशनबाट जुम्लाका शाही पहिलो प्रदेश सभापति बनेका हुन्। विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गर्नु भएको हो । ललितजंग शाहीले ४ सय २२ मत ल्याउँदा भुपेन्द्रले ३ सय ७१ मत ल्याएका छन् भने निधी समूहबाट सभापतिमा उम्मेदवारी दिएका मोतीराज बमले ७ मत ल्याए।
मतदानमा जम्मा ७५४ मत खसेको थियो। राती सभापतिको मत गणना भएको हो। अरु पदाधिकारी तथा सदस्यको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ।
सभापतिमा निर्वाचित शाही जुम्लाका हुन्। उनी २०७० सालमा संविधान सभामा प्रत्यक्ष निर्वाचित सदस्य थिए। सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन्।