एमसिसीविरुद्ध आन्दोलन गर्दै ६ कम्युनिष्ट पार्टी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग राख्दै ६ वटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव समूह), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपाले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने भएका छन् । एमसिसी सम्झौता नगर्न दबाब दिने उदेश्यले चरणबद्ध आन्दोलनको कार्यक्रम गर्न लागिएको उनीहरुद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।
मंसिर २७ गते एमसिसीको काठमाडौंस्थित एमसिए कार्यालय घेराउ गर्ने र २८ गते संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ । नेपाली जनताको आवाजलाई वेवस्था गरी एमसिसी सम्झौता कार्यान्वयन गर्न खोज्ने मतियारहरुलाई नेपाली जनताले माफी नदिने उनीहरुले स्पष्ट पारेका छन् ।