नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।
क्रबार भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजेबाट बन्द सत्र सुरु भएको थियो ।
राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरी बन्द सत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्द सत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्द सत्रमा उपस्थित छैन ।
पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा छलफलमा रहेको छ । बन्द सत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पास भएका थिए । प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्द सत्र समापन गरेका छन् ।