कांग्रेस महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार (सूचीसहित)
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ता गरियको उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेसको निर्वाचन समितिले आइतबार अपरान्ह सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा पाँच जनाले सभापतिमा दाबी गरेका छन्। शेरबहादुर देउवा , प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र कल्याणकुमार गुरूङले सभापतिमा दाबी गरेका हुन्।
उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ। डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्।
महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका छन् । महाधिवेशनमा मनोनयन दर्ता गराएका ५७ जनाले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ।