कांग्रेस १४औँ महाधिवेशन : दुई हजार ८०९ मत खस्यो
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ ।
कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक
श्रावण १, २०८२