माघ २१, २०८२
भोलि  प्रतिनिधि सभा बैठक  बस्ने , बैठकमा६ अध्यादेश पेश गरिने

भोलि प्रतिनिधि सभा बैठक बस्ने , बैठकमा६ अध्यादेश पेश गरिने

संघीय संसद सचिवालयको भोलि (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकमा ६ अध्यादेश पेश गरिने भएको छ ।

संसद सचिवालयले सोमबार भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।
कार्यसूची अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आव्हानसम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने छन् । यस्तै, सभामुख सापकोटाले अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने, विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।partinidhi 

बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले तीनवटा अध्यादेश पेश गर्नेछन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रसायनीक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् ।