माघ २१, २०८२
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरू

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरू

राजधानीमा जारी नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरू भएको छ। 

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ। मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्।

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट बहिर निस्केका छन् ।