युवा नेतृ रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा
विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।
उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने घोषणा गरेकी छन् ।
उनले रविन्द्र मिश्रप्रति लक्षित गर्दै गणतान्त्रिक मुलुकमा वैकल्पिक राजनीतिको खोल ओडेर पार्टीलाई फोहोर गरेको आरोप लागएकी छिन् । सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, “अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।”
