चैत्र ७, २०८२
कांग्रेस सभापति देउवाले  पौडेल, सिटौला र सिंहलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै

कांग्रेस सभापति देउवाले पौडेल, सिटौला र सिंहलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३ जना नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन् ।कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था रहेको छ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ । केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार देउवाले भोलि (शुक्रबार) नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।