बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मन्त्रिपरिषद कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद्मा १८ सदस्य रहेका छन्।
नियुक्त भएका मन्त्रीहरुमा संस्कृतिमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमिव्यवस्थामा बलराम पौडेल र उद्योगमन्त्रीमा मिलनबाबु श्रेष्ठ छन् ।
यसैगरी सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।
मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुनेछ।