चैत्र ७, २०८२
प्रतिनिधिसभामा एमालेको अवरोध चुनाव सम्मै रहने ओलीको चेतवानी

प्रतिनिधिसभामा एमालेको अवरोध चुनाव सम्मै रहने ओलीको चेतवानी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।

शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।

‘अर्ली इलेक्सन भए पनि नभए पनि निर्वाचन हुनुपर्छ उनले भने

‘सरकारले हालसम्म एम सी सीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।