माघ २१, २०८२
अध्यक्ष प्रचण्डद्वारा  नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल

अध्यक्ष प्रचण्डद्वारा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मालेमावादी विश्व दृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल गरेका छन् ।माओत्सेतुङको १२९ औँ जन्म जयन्तीको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले विश्वभरिका श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलुकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ । समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान मार्क्सवाद–लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ । ’